किताव सूची

किताव आवरण सारांश
इन्जील र कुरआनमा सलीब
by इस्कन्दर जदीद

यस किताबमा इन्जील र कुरआनमा भएको सलीबको गहन अध्ययन गरिएको छ । के कुरआनले यसलाई साँच्चै इन्कार गर्छ जबकी इन्जीलले यसको सत्यतालाई पुष्टि गरेको छ ।

इसाइमतको आधार बाइबलले यो सिकाउछ कि इसा मसीह यस दुनियाँका सबै गुनाहगार मानिसहरुको गुनाहको सजाय भोग्न सलीबमा कुर्बान हुनुभयो र खुदा मसीहको रगतद्वारा सबै गुनाहगार मानिससँग मिलापमा आउनुभयो र नजात दिनुभयो । .

इस्लामले चाहिँ मर्यम पुत्र इसा सलीबमा कुर्बान हुनुभएन र उहाँको सट्टा अर्कै व्यक्ति सलीबमा टाँगिए अनि खुदाले मसीहलाई जन्नतमा उठाईलानुभयो भनि सिकाउछ ।

PDF
इस्लाम र मसीहतमा गुनाह र प्रायश्चित
by अब्दुल फादी

यस दुनियाँका सबै मानिसहरुलाई (मुक्ति) नजातको खाँचो छ, कारण सृष्टिको शुरुदेखि नै मानिस जातिमा गुनाहले जरा गाडेको छ र सबैजना पाक खुदाको सामून्ने (पापी) गुनाहगार छन् । गुनाहको माफिको निम्ति एउटा असल (मार्ग) रास्ता छ, जुन चाहिँ प्रायश्चित (कफ्फारा) हो ।

यस किताबले गुनाहको (प्रायश्चित) कफ्फाराको बारेमा इसाइमत र इस्लामको शिक्षा बारे बताउदछ ।

PDF
खुदा र मसीह
by सिकन्दर जदिद
यस किताबले मुस्लीमहरुको सवालको जवाफ दिदै इसाइ (इमान) विश्वास के हो भन्ने बारेमा बताउदछ, जस्तै – खुदा को हुनुहुन्छ? के खुदालाई जान्न सकिन्छ? त्रि–एक खुदाको अस्तित्वको बारेमा के–के ठोस सबूत प्रमाणहरु छन्? यदि ईसा मसीह खुदा हुन् भने शैतानले उहाँलाई कसरी (अज्माइस) परीक्षा गर्न सके? के ईसा मसीहलाई एक नबीको रुपमा मात्र ईमान ल्याउन काफी छैन? ईसा मसीह खुदा हुनुहुन्छ भन्ने के सबूत प्रमाणहरु छन्?
PDF
म किन ईसाई बनें?
by सुल्तान मुहम्मद पावल

यस किताबमा एक जना अफ्गानी मुस्लिमको जीवन गवाही समावेश गरिएको छ, जसले सँच्चाईको खोजी गर्दै जादा आफु हुर्केको (धर्म) मजहबलाई ईसाई इमानसँग तुलना गरी सच्चाईलाई कबूल गरी ईसाई बने ।

PDF
हामीले इन्जीलको सत्यता कसरी जान्न सक्दछौं?
by सिकन्दर जजिद
यस किताबमा ईसाई (ईमान) विश्वास सम्बन्धि महत्वपूर्ण विषयहरु छलफल गरिएको छ । यस किताबले खुदाको कलाम बाइबल, मसीहको पुत्र–पद र उहाँको सलिबमा भएको मृत्युलाई वकालत गरेको छ, जुन कुराहरुलाई धेरैले गलत तरिकाले बुझेका छन् ।
PDF